• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

नेपालका ८ प्रतिशत सर्वसाधारणको घरमा अझै विद्युत सेवा पुगेन

  • OVN
  • February 08, 2023
नेपालका ८ प्रतिशत सर्वसाधारणको घरमा अझै विद्युत सेवा पुगेन

काठमाडौं । नेपालका ८ प्रतिशत सर्वसाधारणको घरमा अझै विद्युत नपुगेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । 

खासगरि सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका अधिकांश जिल्ला र अन्य प्रदेशका केही क्षेत्रमा विद्युत सेवा पुगेको छैन । 

नेपाल विद्युत प्राधिकरणले दुई वर्ष भित्र देशभर विद्युत पु-याउने लक्ष्यका साथ काम भइरहेको जनाएको छ । विद्युत सेवा विस्तारका लागि प्रदेश सरकार र स्थानीय तहले पनि काम गरिरहेको छ । 

कर्णाली प्रदेशको भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत मन्त्रालयले विद्युत सेवा विस्तार गर्न यस वर्ष २८ करोड बजेट विनियोजन गरेको मत्रालयका सिनियर डिभिजनल इन्जिनियर गोपाल शर्माले जानकारी दिनुभयो । 

मुगुको छायाँनाथ रारा नगरपालिकाले यसै वर्ष २० किलोवाटको लघु जलविद्युत आयोजना निर्माण गर्दैछ भने ९० किलोवाटको अर्को आयोजना निर्माण गर्न साढे २ करोड बजेट विनियोजन गरेको नगरप्रमुख विष्णुकुमार भामले जानकारी दिनुभयो । अहिले करिब ५५ लाख जना नेपाल विद्युत प्राधिकरणका ग्राहक छन् । 
 

Comments