यो लमजुङको भुलभुलेमा निर्माण गरिएको सुरुङमार्ग हो। मस्र्याङ्दी गाउँपालिका–८ मा रहेको यस सुरुङमार्गलाई सम्भवतः नेपालकै पहिलो मानिन्छ। यहाँ जिल्लाभित्र तथा बाहिरबाट आन्तरिक पर्यटकहरू घुम्न आउने गरेका छन्। यो सुरुङमार्ग जम्मा ३ सय ४० मिटर लम्बाइ रहेको छ ।
भुलभुलेमा निर्माण गरिएको ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाले उक्त सुरुङमार्ग बनाएको थियो।
उत्तरी लमजुङका ग्रामीण भाग र मनाङ जाने सवारी सोही बाटो भएर आवतजावत गर्छन्। यसअघि बेंसीसहर चामे सडकखण्डअन्तर्गत थाकनबेंसीसम्म मोटर चढेपछि मस्र्याङ्दीको झोलुंगे पुल तर्नुपर्ने बाध्यता थियो। सुरुङमार्ग बनेपछि आवतजावतमा निकै सजिलो र दूरी छोटो भएको छ। आयोजनाले आफ्नो प्रयोजनका लागि सुरुङ बनाए पनि सर्वसाधारणका लागि खुल्ला गरेको छ।
दृश्यमा देखिएका यात्रीहरु काठमाण्डौ देखि तिलिचो सम्मको यात्रा छन् । नासा बुुलेट क्लबले यस कार्यक्रमको आयोजना गरेको थियो ।