• DoIB Registration No. 2369/077-78
Wednesday, 24 Jun 2026

नेपाल ओमान सम्बन्धबारे छलफल

  • OVN
  • June 06, 2021
नेपाल ओमान सम्बन्धबारे छलफल

काठमाडौँ,  ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुलीले ओमानी राजपरिवार सदस्य प्रथम महिला अस्सयीदा अह्द अबदुल्लाह ह्मद अल बुसइदीसँग बर्कास्थित राजदरबारमा आज शिष्टाचार भेटघाट गर्नुभएको छ। 


सो अवसरमा उहाँहरुबीच नेपाल–ओमान सौहार्दपूर्ण द्विपक्षीय कूटनीतिक सम्बन्धलगायत आपसी हितका विविध विषयमा छलफल भएको मस्कटस्थित नेपाली राजदूतावासले जनाएको छ।
-रासस

Comments