माछापुच्छ्रे गाउँपालिका वडा नं ६, घितालमा निर्माण गरिएको नौमती बाजा पार्कबाट देखिएको नरसिङ्गा बाजासहित सादी पोखरीमा देखिएको माछापुच्छ्रे हिमालको प्रतिविम्व ।

माछापुच्छ्रे गाउँपालिका–६ , घितालमा निर्माण गरिएको नौमती बाजा पार्कमा प्रदर्शन गरिएका मौलिक बाजा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको रु १५ लाख र स्थानीय जनश्रमबाट रु एक लाख गरी रु १६ लाखको लागतमा सो पार्क निर्माण गरिएको हो ।

माछापुच्छ्रे गाउँपालिका–६ घितालस्थित पोखरीडाँडाको नौमती बाजा पार्कमा निर्माण गरिएको लिङ्गेपिङ खेल्दै पर्यटक । पार्कमा लिङ्गेपिङले थप आकर्षण बनेको छ ।

माछापुच्छ्रे गाउँपालिका– ६, घितालमा निर्माण गरिएको नौमती बाजा पार्कमा राखिएको नरसिङ्गा बाजा बजाउँदै पर्यटक । यस पार्कमा दैनिक एक सयदेखि ५०० सम्म पर्यटक आउने गरेका छन् । तस्बिरः हरि बाँस्तोला, रासस