• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

निम्न माध्यमिक विद्यालय तहमा १९ सयभन्दा बढी शिक्षक स्थायी नियुक्त

  • OVN
  • January 04, 2023
निम्न माध्यमिक विद्यालय तहमा १९ सयभन्दा बढी शिक्षक स्थायी नियुक्त

काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यामिक विद्यालय तह तृतीय श्रेणीका १ हजार ९ सय ५९ जना शिक्षकलाई स्थायी नियुक्तिका लागि सिफारिस गरेको छ ।
 
आयोगले २ हजार ६  सय ६ रिक्त पदमा शिक्षक माग गर्दै परीक्षा सञ्चालन गरेको थियो । तर, आयोगले माग गरेको ६ सय ४७ पदमा भने शिक्षक छनोट हुन सकेको छैन ।

आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले विज्ञान र गणित विषयमा मागअनुसार शिक्षकले परीक्षा उतिर्ण गर्न नसकेका कारण पदपूर्ति हुन नसकेको बताउनुभयो । 
 

Comments