• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

नेकपा एसले सरकारमा सहभागिताको विषयमा भोलिसम्ममा निर्णय गर्ने 

  • OVN
  • December 31, 2022
नेकपा एसले सरकारमा सहभागिताको विषयमा भोलिसम्ममा निर्णय गर्ने 

काठमाडौं । नेकपा एकीकृत समाजवादीलेसरकारमा सहभागिताको विषयमा भोलिसम्ममा निर्णय गर्ने भएको छ । 

आजबाट सुरु भएको स्थायी कमिटीको बैठकले सरकारमा सहभागिता विषयमा भोलि सम्ममा औपचारिक निर्णय गर्ने भएको हो । 

अहिलेसम्म सरकारको बारेमा पार्टीको नीति पर्ख र हेर भएको अध्यक्ष माधब कुमार नेपालले बैठकमा बताउनुभएको थियो । काँग्रेसको नेतृत्वमा रहेको गठबन्धन भत्केपछि नेकपा एमाले र नकपा माओवादी केन्द्र सहितका दलहरूको नयाँ गठबन्धन निर्माण भएको छ । 

गठबन्धन निर्माण गर्ने निर्णयमा आफूलाई संलग्न नगराएको भन्दै एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल असन्तुष्ट रहँदै आउनुभएको थियो । बैठकमा एमालेसँग एकता हुने विषयमा छलफल नभएको नेताहरूले बताएका छन् । 
 

Comments