काठमाडौं । नेकपा एकीकृत समाजवादीले जनता समाजवादी पार्टी नेपाल सहित सबै वामपन्थी दलबीच एकताका लागि पहल गर्ने निर्णय गरेको छ ।
आज सकिएको नेकपा एसको पोलिट्ब्युरो बैठकले जसपासहित सबै वामपन्थी दलहरूबीच एकताका लागि पहल गर्ने निर्णय गरेको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
प्रचार विभाग प्रमुख खतिवडाले आफूहरू वामपन्थी एकताका लागि खुला रहेको पनि बताउनुभयो । बैठकले वामपन्थी एकताका लागि पहल गर्न आवश्यक निर्णय र गृहकार्य गर्ने जिम्मा सचिवालयलाई दिएको खतिवडाले बताउनुभयो ।