• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

नागरिकलाई शीतलहरबाट बचाउन गृहमन्त्री लामिछानेको निर्देशन

  • OVN
  • January 02, 2023
नागरिकलाई शीतलहरबाट बचाउन गृहमन्त्री लामिछानेको निर्देशन

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आज ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र जिल्ला सुरक्षा समितिका अधिकारीहरूलाई १७ बुँदे निर्देशन दिनुभएको छ ।

उहाँले आज देशभरका प्रमुख जिल्ला अधिकारीहरूलाई भर्चुअल माध्यमबाट यस्तो निर्देशन दिनुभएको हो । केहीदिन यता देशका विभिन्न ठाउँमा चिसोका कारण नागरिकको मृत्यु  भएका घटनाहरूप्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै उहाँले यस्तो निर्देशन दिनुभएको हो । 

चिसो देशभर क्रमिक रूपमा बढ्दै गएको छ । देशका हिमाली भेगमा हिमपातका कारण जनजीवन प्रभावित बन्दै गएको छ भने पहाडी तथा तराईमा हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित हुँदै गएको छ ।
 

Comments