म्याग्दी ।म्याग्दीको विकट बस्ती मानिने लुलाङ गाउँमा सडक पु¥याउन गाउँबासी सबै श्रमदानमा सहभागी भएका छन् ।
लुलाङका साढे दुई सय घरधुरीबाट सडक खन्न दैनिक श्रमदान हुँदै आएको छ । यसले गाउँमा जनसहभागीताको उदाहरणसमेत प्रस्तुत गरेको छ । गाउँमा सडक नपुग्दा सामान ढुवानीमा समस्या भइरहेको छ भने सुत्केरी हुदाँ डोकोमा बोकेर लैजानुपर्ने बाध्यता छ ।
दरवाङ–बिम–भारबाङ–ताकम–मुना–लुलाङ–गुर्जा सडकखण्ड अन्तरगत लमसुङमा गाउँसम्म सडक पु¥याउन महिला पुरुषहरू श्रमदानमा जुटेका हुन् । स्थानीय घनबहादुर विश्वकर्मा । सडक निर्माणमा सबैलाई सहभागी गराउने उद्देश्यसहित एक दिन अनिवार्य श्रमदान गर्नुपर्ने नियम यहाँ बनाइएको छ ।
तल लमसुङ गाउँ भएकाले बस्तीमाथि सडक खन्न ठूला उपकरण प्रयोग नगरिएको उपभोक्ता समितिका सचिव ज्ञानबहादुर पाइजाले जानकारी दिनुभयो । यसवर्ष गाउँपालिकाले ४५ लाख र प्रदेश सरकारबाट ८० लाख बजेट विनियोजन गरिएको छ ।
यसले अहिलेको वर्ष लुलाङ गाउँसम्म सडक पुग्ने अपेक्षा गरिएको गाउँपालिकाका अध्यक्ष रेशम पुनले बताउनुभयो । लुलाङसम्म सडक पु¥याउन चन्दा सङ्कलनलाई कम प्राथमिकता दिएर श्रमदानमा जोड दिईएको छ । यहाँ दैनिक ४० देखि ६० जनासम्मले श्रमदान गर्ने गरेका छन् ।