• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

मधेस प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

  • OVN
  • January 18, 2023
मधेस प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँदै हुनुहुन्छ ।

प्रदेश सभा सचिवालयका अनुसार आज बिहान ११ बजेका लागि बोलाइएको प्रदेश सभा बैठकमा विश्वासको मत लिने कार्यक्रम छ ।

पुस २७ गते ६३ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएका जसपा संसदीय दलका नेता यादवले पुस २९ गते पद तथा गोपनियताको शपथ लिनु भएको थियो । पछि लोसपाले समर्थन दिँदा उहाँलाई हाल ७२ सांसदको समर्थन छ ।

नेपाली कांग्रेसले भने मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने वा नदिने विषयमा छलफल गर्न आज बिहान १० बजे काँग्रेस संसदीय दलको बैठक बस्दैछ ।

Comments