• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

मधेस प्रदेशका ज्येष्ठ सदस्यले आज पद तथा गोपनीयताको शपथ लिने

  • OVN
  • December 29, 2022
मधेस प्रदेशका ज्येष्ठ सदस्यले आज पद तथा गोपनीयताको शपथ लिने

धनुषा । मधेस प्रदेशका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले आज प्रदेश प्रमुख हरिशंकर मिश्रसँग पद तथा गोपनीयताको शपथ लिने तयारी गरिएको छ ।

दिउँसो २ बजे प्रदेश प्रमुखको कार्यालयमा उहाँले शपथ लिने कार्यक्रम तय भएको छ । ७१ वर्षका न्यौपानेले आज शपथ लिएपछि भोलि २ बजे प्रदेश सभाका सदस्यहरूलाई शपथ ग्रहण गराउने प्रदेश सभा कार्यालयले जनाएको छ । 

प्रदेश सभाका सचिव रञ्जितकुमार यादवका अनुसार मधेस प्रदेश सभामा १ सय ७ जना सदस्य छन् । भोलि हुने शपथ कार्यक्रममा माओवादी केन्द्रका सांसद मालाकुमारी कर्ण र मोहद रजी हैदरबाहेकका सांसद्ले सपथ ग्रहण गर्नेछन् । 

उनीहरुविरुद्ध अदालतमा मुद्दा परेको छ । प्रदेश सांसदहरुलाई आफ्नो मातृभाषामा समेत शपथ लिन पाउने व्यवस्था गरिएको सचिव यादवले बताउनुभयो । आवेदनअनुसार सांसदहरुले मैथिली, भोजपुरी, अवधि, थारु, बज्जीका र उर्दू भाषामा समेत शपथ लिनेछन् ।  
 

Comments