• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

माओवादी केन्द्रले दुईमहिने राजनीतिक अभियान चलाउने

  • OVN
  • February 04, 2023
माओवादी केन्द्रले दुईमहिने राजनीतिक अभियान चलाउने

काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)ले दुईमहिने राजनीतिक अभियान चलाउने भएको छ । 

आज पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा बसेको बैठकले दुईमहिने राजनीतिक अभियान चलाउने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले बताउनुभयो । 
उहाँले आउँदो २६ गतेदेखि नै फिल्डमा जाने जानकारी दिनुभयो । 

यस्तै, स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले नेताहरूसित मात्र नभई कार्यकर्ता, जनस्तरबाट समेत राजनीतिक सुझाव सङ्कलन गरिने बताउनुभयो । 
 

Comments