• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

  • OVN
  • February 02, 2023
माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ । 

स्थायी कमिटी सदस्य तथा पोलिटब्युरो सदस्यहरूलाई केन्द्रीय विभागमा जिम्मेवारी बाँडफाँट गर्ने बैठकको एजेण्डा रहेको नेता गिरीराजमणी पोखरेलले जानकारी दिनुभयो । 

यसअघि हिजोका लागि तय भएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो । बैठकबाट केन्द्रीय विभागहरूको गठन तथा नेतृत्व चयनको जिम्मेवारी तोकिने नेताहरूले बताएका छन् । 

यसअघि मङ्लवारको पदाधिकारी बैठकले नेताको जिम्मेवारी बाँडफाँटको जिम्मा अध्यक्ष र उपाध्यक्षलाई दिएको थियो ।
 

Comments