काठमाडौं । मन्त्रालय बाँडफाँटका लागि बोलाइएको सत्ता साझेदार दलहरूको बैठक स्थगित भएको छ ।
तयारी नपुगेकाले बैठक स्थगित भएको नेताहरूले बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग छुट्टाछुट्टै भेट गर्नुभएको थियो ।
सत्ता गठबन्धनमा मन्त्रालय भागवण्डाको प्रारम्भीक खाका भने बनेको छ । जसअनुसार एमालेले ९ देखि १० वटा मन्त्रालय, माओवादी केन्द्रले ५ वटा, रास्वपालाई तीन मन्त्री र एक राज्यमन्त्री दिने तयारी भइरहेको छ ।
एकीकृत समाजवादीलाई २ देखि ३ वटा मन्त्रालय दिएर सरकारमा ल्याउने प्रयास भइरहेको छ । जसपा र जनमत पार्टीले भने २–२ वटा मत्रालय पाउने सम्भावना रहेको छ ।