• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

मनाङबाट निर्वाचित गुरुङको सांसद पद निलम्बन

  • OVN
  • December 27, 2022
मनाङबाट निर्वाचित गुरुङको सांसद पद निलम्बन

काठमाडौं । सङ्घीय संसद् सचिवालयले मनाङबाट निर्वाचित सांसद टेकबहादुर गुरुङलाई निलम्बन गरेको छ । 

सचिवालयले मङ्गलबार सूचना जारी गर्दै गुरुङको सांसद पद निलम्बनमा परेको जनाएको हो । 

गुरुङलाई निलम्बन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पत्र आएको र सोही आधारमा यस्तो निर्णय लिइएको संसद् सचिवालयले जनाएको छ । “प्रतिनिधिसभा सदस्य टेकबहादुर गुरुङउपरको मुद्दा विशेष अदालतमा विचाराधीन रहेको अवस्थामा उक्त मुद्दा अन्तिम किनारा नभएसम्म स्वतः निलम्बनमा रहने कानूनी व्यवस्था कार्यान्वयन गर्न गराउन सम्बन्धित निकायमा लेखी पठाउने” व्यहोराको अख्तियारको पत्र पुस ८ गते संसद् सचिवालयमा आइपुगेको थियो ।  

गुरुङविरुद्ध अख्तियारले २०७५ माघ २१ गते भ्रष्टाचार मुद्दा दायर गरेकोमा अहिले त्यो विशेष अदालतमा विचाराधीन छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ मा भएको व्यवस्थाबमोजिम भ्रष्टाचार कसुरको आरोप लागेको व्यक्ति सार्वजनिक पद धारण गर्न नमिल्ने भन्दै गुरुङलाई निलम्बन गरिएको हो ।

Comments