• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

मूल्यसूची नराख्दा सोलुखुम्बुका उपभोक्ता मर्कामा

  • OVN
  • February 10, 2023
मूल्यसूची नराख्दा सोलुखुम्बुका उपभोक्ता मर्कामा

सोलुखुम्बु । मूल्यसूचीबिना सञ्चालनमा आएका पसलका कारण सोलुखुम्बुका उपभोक्ता मर्कामा परेका छन् । 

सदरमुकाम सल्लेरी क्षेत्रका पसलहरूले मूल्यसूची बिना नै खाद्यान्न तथा अन्य सामग्री बिक्री गर्दा उपभोक्ता ठगिएको गुनासो प्रहरी, प्रशासनमा पुग्ने क्रम बढ्दै गएको छ । गाउँघरमा खुलेका पसलहरूमा पनि मूल्यसूची नहुने थुलुङ दुधकोशी गाउँपालिका ५ जुबुका सरोज हिङमाङले बताउनुभयो । 

बजारको अनुगमन तथा व्यवस्थापनबारे स्थानीय सरकारले पनि अनुगमन तथा नियमन गर्ने अधिकार पाएको छ । तर विधि र प्रक्रिया पूरा नगरिँदा पनि जनप्रतिनिधिको ध्यान नगएको उपभोक्ताको गुनासो छ । 

सोलुखुम्बुको उद्योग वाणिज्य सङ्घले मूल्यसुची निर्धारण गरी सबै साना उद्योग, खाद्य तथा किराना पसल, फेन्सी तथा कपडा पसल र होटलमा वितरण गरेको छैन । जिल्लामा उद्योग वाणिज्य सङ्घ निष्किृय हुँदा समस्या भएको सङ्घका सहसचिव महेश खालिङ राईले बताउनुभयो । 

गृह मन्त्रालय र अरु सरोकारवाला निकायले व्यवसायीलाई मूल्यसूची नटाँसे कारबाही गर्ने चेतावनी दिँदै आए पनि सोलुखुम्बुका व्यवसायीले मूल्यसूची राखेका छैनन् । 
 

Comments