• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

मलेसियामा अलपत्र श्रमिक नेपाल फर्काइँदै

  • OVN
  • January 11, 2023
मलेसियामा अलपत्र श्रमिक नेपाल फर्काइँदै

काठमाडौं । मलेसियाको एक कम्पनीमा बन्धक बनाइएका २८ नेपाली कामदारमध्ये सात जना आज नेपाल फर्कदै छन् । 

मलेसियास्थित नेपाली दूतावासले बन्धन बनाइएका मध्ये नौ जना पुनः सोही रोजगारीमा फर्किएका छन् भने १२ जनाले निर्णय नदिएकाले आज ७ जना मात्रै नेपाल फर्कने भएका हुन् । 

चार महिनाअगाडि वैदेशिक रोजगारीका क्रममा काठमाडौँस्थित खोजी रिक्रुटमेन्ट कम्पनीमार्फत मलेसियास्थित हङ्सी इन्टरप्राइज कम्पनीका लागि गएका उनीहरू रोजगारदाता कम्पनीसँग विवाद भएपछि उनीहरू निष्कासनमा परेका थिए ।
 
कम्पनीले बन्धक बनाएपछि म्यानपावर कम्पनीका प्रतिनिधि मोहम्मद जुनैद र पीडितले दूतावासमा उजुरी गरेका थिए । 

दूतावासको सहजीकरणमा गत जनवरी ३ मा रोजगारदाता कम्पनीविरुद्ध मलेसिया प्रहरीमा उजुरी दिइएको दूतावासले जनाएको छ । मलेसिया प्रहरीले रोजगारदाताको अनुसन्धान गरिरहेको छ । 
 

Comments