• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

मुख्यमन्त्री राईद्वारा सपथ

  • OVN
  • November 02, 2021
मुख्यमन्त्री राईद्वारा सपथ

मोरङ-  प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आज पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।

प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम उहाँलाई पद तथा गोपनीयता सपथ गराउनुभएको हो । 

यसैगरी, उहाँले नेपालको संविधानको धारा १६८ को उपधारा(९) बमोजिम कार्यविभाजनसहित मन्त्रिपरिषद् गठन गर्नुभएको छ । गठित मन्त्रिपरिषद्मा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो, भौतिक पूर्वाधार विकासमन्त्री हिमाल कार्की, आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्की, सामाजिक विकासमन्त्री जयराम यादव र सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्बाहाम्फेले रहनुभएको छ । उहाँहरुलाई मुख्यमन्त्री राईले पद तथा गोपनीयताको सपथ गराउनुभएको हो । 

त्यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मुख्यमन्त्री राई आफैंसँग राख्नुभएको छ । 
-रासस

Comments