• DoIB Registration No. 2369/077-78
Tuesday, 10 Feb 2026

मुख्यमन्त्री जम्मकट्टेललाई विश्वासको मत

  • OVN
  • March 24, 2023
मुख्यमन्त्री जम्मकट्टेललाई विश्वासको मत

हेटौंडा। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत प्राप्त गर्नुभएको छ । 

प्रदेशसभाको आजको बैठकमा उहाँको पक्षमा ६७ मत र विपक्षमा १७ मत तथा मत दिन्न भन्नेमा सात मत परेको थियो । प्रदेशसभामा ९१ प्रदेशसभा सदस्यको उपस्थिति रहेको थियो । 

प्रदेशसभामा नेपाली कांग्रेसको ३७, नेकपा (एमाले)को २७, नेकपा(माओवादी केन्द्र)को २१, राष्ट्रिय प्रजातन्त्र पार्टीको १३, नेकपा (एकीकृत समाजवादी)को सात, नेपाल मजदुर किसानको तीन र हाम्रो नेपाली पार्टीको दुई गरी ११० सदस्य रहेका छन् । 

Comments