दाङ । नेकपा एमाले संसदीय दलका नेता लिला गिरि लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनु भएको छ ।
लुम्बिनी प्रदेश प्रमख अमिक शेरचनले आज गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नु भएको हो । एमाले सहित ७ राजनीतिक दल र २ स्वतन्त्र सांसद सहित ५७ जनाको समर्थनमा गीरी मुख्यमन्त्री बन्नु भएको हो ।
सरकार गठन गर्नका लागि सत्ता गठबन्धनले आज दिउँसो २ बजे प्रदेश प्रमुख समक्ष दाबी पेश गरेको थियो । नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, जसपा, लोसपा, नागरिक उन्मुक्ति पार्टी र २ स्वतन्त्र सांसदहरू सहित ५८ जनाको हस्ताक्षरमा सरकार गठनको लागि दाबी पेश भएको थियो ।
लुम्बिनी प्रदेशमा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका ४, जसपा, लोसपा र जनमतका ३/३ सिट छन् । नागरिक उन्मुक्तिसंग ४ सिट र स्वतन्त्र २ जना सांसद रहेका छन् । ८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सिट आवश्यक पर्छ ।
प्रदेशमा काँग्रेसका २७, लोसपाका ३ र नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १–१ सदस्य छन् । संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेश प्रमुखले गिरीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । सपथ कार्यक्रम भने भोली गते लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकामा दिउँसो १ बजे हुने भएको छ ।