• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमाले र माओवादी केन्द्रले आलोपालो गर्ने

  • OVN
  • January 11, 2023
लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमाले र माओवादी केन्द्रले आलोपालो गर्ने

काठमाडौं । लुम्बिनी प्रदेश सरकारको नेतृत्व नेकपा एमाले र माओवादी केन्द्रले आलोपालो गर्ने समझदारी गरेका छन् । 

नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बरालले लुम्बिनीमा आलोपालो सरकारको नेतृत्व गर्ने समझदारी भएको बताउनुभएको हो । यस्तै, मधेश प्रदेशको मुख्यमन्त्रीका लागि भने जनता समाजवादी पार्टीले दाबी पेश गर्ने तयारी गरेको छ । 

मधेसमा पहिलो पालोमा जनता समाजवादी पार्टी (जसपा)ले सरकारको नेतृत्व गर्ने सत्ता साझेदार दलहरुबीच सहमति छ । 

सोही सहमति अनुसार जसपा संसदीय दलका नेता सरोज यादवले मुख्यमन्त्रीमा दाबी पेश गर्न अन्य दलसँग छलफल अघि बढाउनुभएको छ । 
 

Comments