• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

लुम्बिनी प्रदेश सभाको चौँथो बैठक आज बस्दै, मुख्यमन्त्री गिरीले विश्वासको मत लिने

  • OVN
  • January 19, 2023
लुम्बिनी प्रदेश सभाको चौँथो बैठक आज बस्दै, मुख्यमन्त्री गिरीले विश्वासको मत लिने

दाङ । लुम्बिनी प्रदेश सभाको चौँथो बैठक आज बस्दैछ । 

दिउँसो १ बजे बस्ने बैठकमा लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लिला गिरीले विश्वासको मत लिनुहुनेछ । 

संविधानको धारा १६८ को उपधारा ४ अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री गिरीले विश्वासको मत लिन लाग्नु भएको हो । 

पुस २७ गते प्रदेश सभाका १० मध्ये सात दलका ५६ जना र दुई स्वतन्त्र गरी ५८ सांसदको समर्थनमा गिरी मुख्यमन्त्री नियुक्त हुनु भएको थियो । ८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सीट आवश्यक पर्छ ।  
 

Comments