• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

लोकगीत प्रतिष्ठानद्वारा बाढीपीडितलाई राहत वितरण

  • OVN
  • June 28, 2021
लोकगीत प्रतिष्ठानद्वारा बाढीपीडितलाई राहत वितरण

काठमाडौँ -  राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले सिन्धुपाल्चोकको हेलम्बुका बाढीपीडितलाई राहत वितरण गरेको छ । प्रतिष्ठानको केन्द्रीय समतिले जिल्ला समितिसँग समन्वय गरेर हेलम्बु–१ र २ का ३२ परिवारलाई ३२ वण्डल जस्तापाता हस्तान्तरण गरेको हो। 

 प्रतिष्ठानले आफ्नो खातामा रहेको रकम र अन्य व्यक्तिबाट सहयोग जुटाइ राहत वितरण गरेको हो । प्रतिष्ठान केन्द्रीय समितिको रु एक लाख, महेश रेग्मीले रु एक लाख, बागमती प्रदेश कार्यसमितिको रु २५ हजार, योगेश लामाको पहलमा विभिन्न व्यक्तिबाट रु एक लाख र अन्य नगद र जिन्सी समेत गरी रु पाँच लाख बराबरको राहत सामग्री हस्तान्तरण गरिएको प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले जानकारी दिनुभयो।

अध्यक्ष बिजी निवर्तमान अध्यक्ष बद्री पंगेनी, गायक रमेशराज भट्टराईसहितको टोली राहत लिएर बाढी प्रभावित क्षेत्र पुगेको थियो।
-रासस

Comments