• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

लागुऔषधसहित दुई महिला पक्राउ

  • OVN
  • November 09, 2021
लागुऔषधसहित दुई महिला पक्राउ

गण्डकी- प्रहरीले कास्कीमा लागुऔषधसहित दुई महिलालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले पोखरा महागनरपालिका–८ सिमलचौरबाट लमजुङको दोर्दी गाउँपालिका–७ की ३१ वर्षीया प्रेमा गुरुङ र गुल्मीको मालिका–२ की ३१ वर्षीया कोपिला अर्याललाई पक्राउ गरेको हो । 

प्रहरी नायब उपरीक्षक सुवास हमालका अनुसार दुवै जनाबाट डाइजापाम–७४ एम्पुल, बरुफिनुर्फिन–७० एम्पुल र फेनेरागन–७२ एम्पुल बरामद गरिएको छ । दुवै जनाको कास्की जिल्ला अदालतबाट लागुऔषधसम्बन्धी मुद्दामा आठ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया थालिएको प्रहरीले जनाएको छ । 
-रासस
 

Comments