• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

खल्तीको मान्छेलाई राष्ट्रपति बनाउन हुँदैन : गगन थापा

  • OVN
  • February 04, 2023
खल्तीको मान्छेलाई राष्ट्रपति बनाउन हुँदैन : गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले कसैको खल्तीको मान्छेलाई राष्ट्रपति बनाउन नहुने बताउनुभएको छ । 

अहिले खल्तीबाट निकालेर राष्ट्रपति बनाउने तयारी भइरहेको भन्दै उहाँले आदेशमात्र पालन गर्ने मान्छेलाई राष्ट्रपति बनाउन नहुने बताउनुभएको हो । 

आदेश पालकलाई राष्ट्रपति बनाएर संविधानको जगेर्ना हुनै नसक्ने भन्दै महामन्त्री थापाले देशको संविधान बुझेको र विवेक प्रयोग गरेर काम गर्न सक्नेलाई राष्ट्रपति बनाउनुपर्नेमा जोड दिनुभयो । 

संविधानको भावना विपरीत गएर राष्ट्रपति बनाउन खोजे संविधान फेरि पनि खतरामा पर्ने उहाँको भनाइ छ । संसद्बाट बहुमतको आधारमा राष्ट्रपति बनाउनुपर्ने महाशमन्त्री थापाको तर्क छ । 

Comments