• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

खोज, उद्धार र राहत वितरणमा नेपाली सेना [फोटो फिचर]

  • OVN
  • June 23, 2021
खोज, उद्धार र राहत वितरणमा नेपाली सेना [फोटो फिचर]

नेपाली सेनाले वर्षाका कारण बाढी पहिरो र डुबानबाट प्रभावित देशका विभिन्न स्थानमा खोज, उद्वार र राहत वितरण गरिरहेको छ । तस्वीर: नारायण न्यौपाने, रासस

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ तिम्बु र वडा नं २ किउलका बाढी पहिरो पीडितका लागि १६ वटा अस्थायी बासस्थान निर्माणमा सहयोग गरेको सेनाले जानकारी दिएको छ । चिउरीखर्क ईलाकामा पाँच र गणेश ईलाकामा बाढी पहिरोबाट विस्थापित भएका परिवारहरुलाई बस्नको लागि थप १० वटा अस्थायी बासस्थानको सेनाले व्यवस्थापन गरेको हो । तस्वीर: नारायण न्यौपाने, रासस

नयाँबजार कोतोतर्फ आवतजावत गर्न समस्या भएपछि मनाङको स्याल्कु खोलामाथि अस्थायी काठेपुल निर्माण गर्दै नेपाली सेना । गत असार ४ गते भएको अविरल वर्षाका कारण आएको बाढीले पुल बगाएको थियो । तस्बिरः नवीन लामिछाने, रासस

मनाङको नार्पाभूमि गाउँपालिका–२ स्थित नारफु ईलाकाका बाढी पहिरो प्रभावित व्यक्तिको लागि हेलिकोप्टरमार्फत सेनाले स्वास्थ्य सामग्री र पाल ढुवानी गरेको छ । सोही हेलिकोप्टरमार्फत स्थानीय ३७ जनालाई सोमबार उद्धार गरी पोखरामा र २६ जनालाई काठमाडौं ल्याइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालले जनाएको छ । तस्वीर: नारायण न्यौपाने, रासस

Comments