• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

काठमाडौंमा बर्डफ्लू सङ्क्रमण पुष्टि

  • OVN
  • February 06, 2023
काठमाडौंमा बर्डफ्लू सङ्क्रमण पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकाका तीन ठाउँमा बर्डफ्लू सङ्क्रमण पुष्टि भएको छ । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार ललितपुरको खुमलटार, काठमाडौंको नार्गाजुन नगरपालिका रामकोट र तारकेश्वर नगरपालिकामा पालिएको कुखुरामा बर्डफ्लू सङ्क्रमण पुष्टि भएको हो ।  

मन्त्रालय स्रोतका अनुसार गत शुक्रबार खुमलटार स्थित कृषिअनुसन्धान परिषद् नार्कको अनुसन्धान फार्ममा पहिलो सङ्क्रमण पुष्टि भएको थियो । सानो परिमाणमा रहेको त्यहाँको पन्छी नष्ट गरिसकिएको मन्त्रालयले जनाएको छ ।  

यस्तै, नार्गाजुन नगरपालिका ६ रामकोटको फार्ममा पनि बर्डफ्लू सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । त्यहाँ फर्ममा रहेका ४ हजार ५ सय कुखुरा र २ हजार २५५ वटा अण्डा नष्ट गरिएको पनि मन्त्रालयले जनाएको छ ।  

तारकेश्वरमा बर्डफ्लू पुष्टि भएको ठाउँमा अहिले पन्छी नष्ट गर्ने काम रहेको मन्त्रालयले जनाएको छ । थप विवरण आउन भने बाँकी छ । 

Comments