• DoIB Registration No. 2369/077-78
Wednesday, 24 Jun 2026

काठमाडौं उपत्यकामा निषेधाज्ञा असार ७ गतेसम्म लब्याइयो, के-के खुल्छ?

  • OVN
  • June 13, 2021
काठमाडौं उपत्यकामा निषेधाज्ञा असार ७ गतेसम्म लब्याइयो, के-के खुल्छ?

काठमाडौँ– काठमाडौं उपत्यकामा निषेधाज्ञा असार ७ गतेसम्म लम्बिने भएको छ ।

आज बसेको उपत्यकाका तीनै जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)का प्रमुख जिल्ला अधिकारीहरुको बैठकले केही खुकुलो बनाउँदै निषेधाज्ञा एक साता थप गर्ने निर्णय गरेको हो ।

के के खुल्नेछन् ?

यसअघि जारी निषेधाज्ञा अझ थप केही खुकुलो गरिएको छ। असार १ गतेबाट लागू हुने निषेधाज्ञामा खाद्यान्न, किराना र डिपार्टमेन्टल स्टोरसहित तरकारी, मासु र दुग्धजन्य पदार्थको विक्री तथा वितरण गर्ने पसलहरू बिहान ११ बजेसम्म खोल्न पाइने भएको छ।

यसअघि विहान ९ बजेसम्म मात्र खोल्न दिने निर्णय भएको थियो ।

त्यस्तै अनलाइन मार्फत सेवा सुविधा बिहान सात देखि बेलुका सात बजेसम्म दिन पाइने भएको बताइएको छ। त्यसै गरी निर्माण सामाग्रीको पसल समेत अपरान्ह ४ बजेपछि  खोल्न दिने निर्णय गरिएको छ।

होटल बन्द गर्ने तर होम डेलिभरी गर्न दिने निर्णय भएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले जानकारी दिनुभयो।

विकास निर्माणका काममा स्वास्थ्य मापदण्ड पूरा गरेर मजदूरहरू राख्न पाइने भएको छ।

वर्कसपहरू बिहानदेखि बेलुकीसम्मै खोल्न पाइने निर्णय भएको भट्टराईले बताउनु भयो। 

अत्यावश्यक सेवाका लागि यातायातका साधन आफ्नो कार्यालयद्वारा जारी परिचय पत्र वा प्रमुख जिल्ला अधिकारीले जारी गरेको पासका आधारमा सञ्चालन गर्न दिइने छ।

एम्बुलेन्स, शव बाहनलगायत स्वास्थ्य सेवामा खटिने साधनले परिचय पत्र देखाउनु पर्दैन। 

बैंक तथा वित्तीय संस्थाका लागि पनि केही नियम खुकुलो बनाइएको छ। पहिले जिल्लामा दुई वटा बैंकका शाखा सञ्चालन गर्न दिइएको थियो। यसमा सामान्य सहजीकरण गरिएको भट्टराईले बताउनु भयो। 

सहकारीका लागि सातामा दुई दिन खोल्न दिने निर्णय भएको छ। बैंकहरूको अरू शाखा खोल्नका लागि राष्ट्र बैंकले नियम ल्याउने छ।  ‘कति शाखा, कति दिन खोल्ने भन्ने राष्ट्र बैंककै प्रोटोकलअनुसार खोल्न सकिने छ,’ भट्टराईले भन्नु भयो। 

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा सोमबार राति १२ बजे सकिँदै छ। त्यसको पूर्वसन्ध्यामा प्रमुख जिल्ला अधिकारीहरूले नयाँ निषेधाज्ञा जारी गरेका हुन्। 

उपत्यकामा कोरोना संक्रमणको दर उल्लेखनीय रूपमा नघटेसम्म निषेधाज्ञालाई कायम राख्ने रोकारवाला निकायको सिफारिस बमोजिम निषेधाज्ञालाई निरन्तरता दिइएको भट्टराईले बताउनु भयो। 

उपत्यकामा संक्रमणदर १० प्रतिशतमा झरेपछि मात्रै निषेधाज्ञा हटाएर क्रमशस् ‘लुजडाउन’मा जानुपर्ने सुझाव सरोकारवाला निकायको रहेको सिडिओहरूले बताउनु भएको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कृषिजन्य कामका लागि मल ढुवानी र बीऊ बिजनका पसलहरू खुल्न दिने निर्णय भएको छ।

काठमाडौंमा १० प्रतिशतमा संक्रमण घटेपछि भने जोरबिजोर प्रणालीद्वारा यातायात सञ्चालन गर्न सकिने आँकलन उहाँको छ।

https://drive.google.com/file/d/1UlVZTvp9X_FWNZO-wervp6vGnXoK6vgy/view

Comments