• DoIB Registration No. 2369/077-78
Wednesday, 24 Jun 2026

क्रिकेटर सन्दीपविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आज

  • OVN
  • February 26, 2023
क्रिकेटर सन्दीपविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आज

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालतको आदेशविरुद्धमा क्रिकेट खेल्नका लागि विदेश जान पाउनुपर्ने माग राख्दै दायर गरेको मुद्दाको अन्तिम फैसला आज हुँदैछ ।

शुक्रबार सर्वोच्च अदालतबाट आदेश नआएपछि आजका लागि अन्तिम सुनुवाइ तोकिएको थियो ।

सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले सन्दीपले विदेश जान पाऊँ भन्दै दिएको निवेदन र उनलाई धरौटीमा छोड्ने उच्च अदालत पाटनको आदेश उल्ट्याउन माग गर्दै सरकारी वकिलको कार्यालयले दायर गरेको पुनरावलोकन निवेदनलाई एकसाथ पेस गर्न आदेश दिएको थियो ।

Comments