• DoIB Registration No. 2369/077-78
Wednesday, 24 Jun 2026

कालीमाटी तरकारी बजारमा जोरबिजार प्रणाली लागू

  • OVN
  • May 26, 2021
कालीमाटी तरकारी बजारमा जोरबिजार प्रणाली लागू

निषेधाज्ञाका समयमा भिडभाड बढेको भन्दै कालीमाटी तरकारी तथा फलफूल बजारमा जोरबिजोर प्रणाली लागू गरिएको छ।

तरकारी बजार विकास समितिले गत सोमबारदेखि चारपाङ्ग्रे सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको हो । तरकारी बजार हाल बिहान १ बजेदेखि ९ बजेसम्म खुला हुँदै आएको छ। सिमित समयका लागि खुला गरिएको बजारमा धेरै भिड बढेपछि समितिले जोर दिनमा जोर नम्बरका तथा बिजोर दिनमा बिजोर नम्बरका सवारी साधनलाई मात्र बजारमा प्रवेश गर्न अनुमति दिने गरेको तरकारी बजार व्यवस्थापन समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताउनुभयो।

‘‘निषेधाज्ञाको समयमा तरकारी बजारमा धेरै भिडभाड बढेपछि हामीले किसान तथा खुद्रा बजार बन्द गरेका थियौँ । दुई वटा बजार बन्द गरेपनि थोक बजारमा भिड कम नभएपछि जोरबिजोर प्रणाली लागू गरेका हौँै’’, उहाँले भन्नुभयो । तरकारी लिन जाने गाडी बिहान ८ बजेभित्र पुगिसक्नु पर्ने नियम बनाएको पनि उहाँले जानकारी दिनुभयो । थोक बजारमा अहिले झण्डै ४०० जना व्यापारीले व्यापार गर्दै आएका छन्।

यस्तै अहिले दैनिक साढे ५०० टनको हाराहारीमा तरकारी भित्रिरहेकाले तरकारीको अभाव नहुने पनि समितिले जनाएको छ। यसअघि दैनिक ९०० टनसम्म तरकारी आउने गरेको थियो।

Comments