• DoIB Registration No. 2369/077-78
Wednesday, 24 Jun 2026

कुलोका विषयमा विवाद भएपछि चल्यो गोली

  • OVN
  • June 11, 2021
कुलोका विषयमा विवाद भएपछि चल्यो गोली

दाङ- तुलसीपुर उपमहानगरपालिका–८ अस्वारास्थित गहतेखोलामा कुलाको विवाद भएपछि स्थानीयवासी एक युवाले गोली चलाएका छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार सोही वडाको चन्द्रगञ्ज बस्ने २५ वर्षीय पूर्णबहादुर ओलीले गोली चलाएका हुन्।

उनले चलाएको गोली कसैलाई पनि लागेन। उनले भारतबाट पेस्तोल ल्याएको बुझिएको प्रहरी नायब उपरीक्षक सिंहले बताउनुभयो। आज दिउँसो  १:०० बजेतिर पेस्तोल चलाएर मोटरसाइकलमा भाग्दै गरेको अवस्थामा उनलाई प्रहरीले सोही वडाको टिकरीबाट पक्राउ गरेको हो। 

उनीसहित भाग्दै गरेको मोटरसाइकल चलाइरहेका तुलसीपुर उपमहानगरपालिका–८ टिकरीका आकाश चौधरीलाई पनि पक्राउ गरिएको छ। प्रहरीले पेस्तोलसहित छ राउन्ड गोली पनि बरामद गरेको जनाएको छ। भारतमा बस्दै आएका पूर्णबहादुर केही समयअघि घर आएका थिए। भारतबाट आउँदा आफूले  पेस्तोल ल्याएको प्रहरीसमक्ष बयान दिएको बताइएको छ।
- रासस

Comments