जुम्ला । आफूमा भएको कला र सीपकै कारण जीविकोपार्जन गर्न सहज भएको जुम्लाका ज्येष्ठ नागरिकले बताएका छन् ।
डोको, नाम्लो, राडिपाखी, लिउ लगायतका सामग्री बनाएर ज्येष्ठ नागरिकहरूले बिक्री गर्ने गरेका छन् । यसले आम्दानी पनि हुने र कला, सीपको पनि प्रयोग हुने स्थानीयवासी नुईते रावतले बताउनुभयो ।
उमेर बढ्दै गएपछि घर खर्चको चिन्ता धेरै ज्येष्ठ नागरिकलाई हुने गरेको छ । तर आफूमा कला र सीप भएपछि कसैको भर पर्न नपर्ने जुम्लाका ज्येष्ठ नागरिकहरूको अनुभव छ ।
आफूहरूले समयमै सिकेको सीपकै कारण आत्मनिर्भर बन्ने अवस्था आए पनि यो सीप नयाँ पुस्ताले भने नसिकेको प्रति ज्येष्ठ नागरिकहरूको चिन्ता छ ।
संस्कृति जोगाउने र जनजीविकालाई सहज बनाउने पुर्खाका सीप हस्तान्तरण हुन नसके परनिर्भरता अझै बढ्दै जाने ज्येष्ठ नागरिकहरू बताउँछन् ।