• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

कांग्रेसलाई प्रतिपक्षी दलको सुविधा नदिन परेको रिटको सुनवाइ आज

  • OVN
  • February 08, 2023
कांग्रेसलाई प्रतिपक्षी दलको सुविधा नदिन परेको रिटको सुनवाइ आज

काठमाडौं । नेपाली कांग्रेसलाई प्रतिपक्षी दलको सुविधा नदिन माग गर्दै सर्वोच्च अदातलमा परेको रिटको सुनवाइ आज हुँदैछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसदमा विश्वासको मत दिएको कांग्रेस र त्यसका संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्ष दलको नेताको सुविधा नदिन माग गर्दै परेको रिटको सुनवाइ आज हुने भएको हो ।

अधिवक्ता विमलप्रसाद पोखरेलले संसद सचिवालयविरुद्ध दिएको सो रिट निवेदन दर्ता गर्न सर्वोच्चका न्यायाधीश सपना मल्ल प्रधानले आदेश दिनुभएको हो ।

उक्त रिटको आज पहिलो पेशी तोकिएको हो । यसअघि सर्वोच्च अदालतको रजिस्ट्रारले सो निवेदन दरपिठ गरेका थिए ।

Comments