• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

कांग्रेस महाधिवेशन भदौ १६ –१९ काठमाडौँमा

  • OVN
  • June 19, 2021
कांग्रेस महाधिवेशन भदौ १६ –१९ काठमाडौँमा

काठमाडौँ-  नेपाली कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ । कांग्रेसको आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्री पूर्णबहादुर खड्काले प्रस्तुत गरेको महाधिवेशनको संशोधित कार्यतालिकालगायत विभिन्न प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो।

संशोधित कार्यतालिकानुसार गाउँ/नगर वडा अधिवेशन  आगामी साउन १२ गते, गाउँ/नगरपालिका  अधिवेशन साउन १६ गते र  प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते हुनेछ । यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ र प्रदेश अधिवेशन भदौ १ र २ गते निर्धारण गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो।

त्यस्तै क्रियाशील सदस्यताको नयाँ र नवीकरणको अन्तिम सूची तयार गरी केन्द्रीय सभापतिलाई बुझाउने अवधि असार २० भित्र र क्रियाशील सदस्यताका सूचीमा केन्द्रीय सभापतिबाट हस्ताक्षर भई केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि असार ३० गतेभित्र तोकिएको छ।
-रासस

Comments