काठमाण्डौं । नेपालमा तेस्रो पक्ष बीमा सम्बन्धमा एनएलजी इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुनिलबल्लभ पन्तसंग गरिएको बिषेश कुराकानी l
नेपालमा तेस्रो पक्ष बीमा सबै मोटर गाडीको गर्नुपर्ने आवश्यकता रहेको छ र साथै यस्को समयमा प्रिमियम भुक्तानी गर्नु पनि त्यति नै महत्वपूर्ण छ। तसर्थ, मोटर बीमा हुनु अत्यन्तै महत्त्वपूर्ण छ किनकि यसले दुर्घटना वा क्षतिको अवस्थामा सुरक्षा र मानसिक शान्ति प्रदान गर्दछ।
तपाईले मोटरसाइकल खरिद गर्नुहोस् वा चारपाङग्रे कार,जीप, भ्यान, ट्रक, टिपर सबैको बीमा अनिवार्य हुन्छ । व्यापक बीमा (फुल कभरेज इन्स्योरेन्स) र तेश्रो पक्ष बीमा गरेर दुईवटा विकल्प उपलब्ध गराइएको हुन्छ । व्यापक बीमा अन्तर्गत सवारी साधन चोरी भएमा, कतै ठाेक्किएर सवारीसाधनमा क्षति भएमा, आगजनी भएमा वा अन्य कुनै कारणले क्षति भएमा समेत क्षतिपूर्ती उपलब्ध पाइन्छ भने तेश्रो पक्ष बीमामा सवारी दुर्घटनामा परेर कुनै तेश्रो पक्षलाई क्षति पुग्न गएको अवस्थामा मात्र क्षतिपूर्ती पाइन्छ ।