काठमाडौं । हृदयाघात हुनुभन्दा पहिले कुनै न कुनै लक्षण देखिए पनि धेरैजसोले बिरामीले अस्पताल नजाने गरेको पाइएको छ ।
शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले गरेको अध्ययनले झण्डै ८८ प्रतिशत मुटुका बिरामी हृदयाघातको लक्षण भए पनि अस्पताल नआएको देखाएको हो ।
हृदयाघात हुनुभन्दा पहिला सबैलाई केही न केही लक्षण देखिन्छ । त्यसरी लक्षण देखिए पनि बिरामी अन्तिम अवस्थामा मात्र अस्पताल पुग्ने गरको पाईएको केन्द्रका निर्देशक डाक्टर चन्द्रमणि अधिकारीले बताउनुभयो ।
केन्द्रले हृदयाघात भएर अस्पताल आएका ३ सय ४० जना बिरामीमा गरेको अध्ययनमा ८८ प्रतिशत बिरामीले छातीमा दुखाई भएको थाहा पाएको उल्लेख गरेका छन् तर छातीमा दुखाई भएको महशुस गरे पनि समयमै अस्पताल भने नपुगेको अध्ययनले देखाएको हो ।