काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले संसदीय दलको नेता आज चयन गर्दैछ ।
त्यसका लागि बिहान ११ देखि १२ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । अन्य प्रक्रिया सम्पन्न गरी साढे २ देखि साढे ३ बजेसम्म मतदान हुनेछ ।
जसपा संसदीय दलको कार्यालयका अनुसार मतदान सम्पन्न भएलगत्तै मतपरिणाम सार्वजनिक हुनेछ । प्रतिनिधि सभामा जसपाका १२ जना सांसद छन् ।
संसदीय दलको नेता को बन्ने भन्ने टुंगो लागिसकेको छैन । सरकारलाई समर्थन गरे पनि जसपा हाल सरकारमा सहभागी भएको छैन ।