• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

जनकपुरका अधिकांश स्थान ढुबानमा

  • OVN
  • July 03, 2021
जनकपुरका अधिकांश स्थान ढुबानमा

धनुषा- विगत एकहप्ता परेको अविरल वर्षाले जनकपुरधाम उपमहानगरपालिकाको अधिकांश स्थान जलमग्न भएका छन्। वर्षाले नगर भित्रका अधिकांश सडक तथा सरकारी कार्यालयमा पानी जमेको छ भने केही घर ढुबानमा समेत परेका छन्।

उपमहानगरपालिकाका वडा नं १, २, ३, ४, ७, ८, र १३ वढी ढुवानमा परेका हुन् । हुलाक कार्यालय, वन निर्देशनालय, नेपाल परिवार सङ्घ, आन्तरिक राजश्व कार्यालय लगायतका कार्यालय ढुबानमा परेका छन्।

एसियाली विकास बैंँकको आर्थिक एवम् प्राबिधिक सहयोगमा यहाँ एकीकृत शहरी विकास परियोजना कार्यान्वयनमा छ। परियोजनाले यहाँका सडक स्तरोन्नति गरिरहेको छ । ढल व्यवस्थापन नहुँदा नगरका अधिकांश क्षेत्र जलमग्न भएको बताइएको छ । ढुबान क्षेत्रमा धनजनको क्षति नभएको प्रहरीले जनाएको छ ।

-रासस

Comments