• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

हेटौँडा अस्पतालमा डायलासिस सेवा सञ्चालनमा

  • OVN
  • June 29, 2021
हेटौँडा अस्पतालमा डायलासिस सेवा सञ्चालनमा

वाग्मती- वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा अस्पतालमा डायलासिस सेवा सञ्चालनमा ल्याइएको छ । हेटौँडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा डायलासिस मेसिन र पूर्वाधारसमेत तयार पारेपछि अस्पतालमा डायलासिस सेवा सेवा सञ्चालन भएको हो।

अहिले पाँचवटा मेसिनमार्फत मिर्गौलाका बिरामीको डायलासिस शुरु गरिएको छ । यस सेवाका लागि उपमहानगरपालिकाको समन्वय र सहयोगमा डायलासिस मेसिन ल्याएर सेवा सञ्चालनमा गरिएको हो । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालमा अडायलासिस सेवा सञ्चालनपछि सेवा लिनका लागि यसअगावै चितवन, काठमाडाँै, वीरगञ्जलगायतका जिल्लामा जानुपर्ने बिरामीको बाध्यता अब अन्त्य हुने विश्वास लिइएको छ।

अस्पतालले डायलासिस सेवा पनि दिन थालेकाले स्वास्थ्य क्षेत्रमा काँचुली फेरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा विष्णुराज जोशीले बताउनुभयो । अस्पतालमा क्रमशः सेवा विस्तार गर्ने क्रममा डायलासिस सेवा शुरु गरिएको हो । नगरवासीलाई स्वास्थ्य उपचारमा सघाउ पु¥याउने उद्देश्यले उपमहानगरपालिकाको प्रयासमा हेटौँडा अस्पतालमा डायलासिस सेवा सञ्चालनमा ल्याइएको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिनुभयो।

यसैबीच वाग्मती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा राष्ट्रिय वृक्षरोपण दिवसका अवसरमा सोमबार हेटौँडा–४ हुप्राचौरमा वृक्षरोपण गरिएको छ । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सरेश नेपालले शहरमा वृक्षरोपण गर्नु अत्यन्त महत्वपूर्ण काम रहेको बताउनुभयो। 
-रासस

Comments