हेलम्बु, सिन्धुपाल्चोक — अविरल वर्षासँगै आएको मेलम्ची बाढीले हेलम्बु गाउँपालिकाका चार गाउँको अस्तित्व नै मेटाएको छ । चिउरेखर्क, चालिसे, तल्लो तिम्बु बजार र गणेश बगरको बस्ती मेलम्चीले बगाएको हो । गाउँ भएको ठाउँ बगरमा परिणत भएको छ । तस्बिर: प्रदीपराज वन्त, रासस
सिन्धुपाल्चोकको हेलम्बु, चनौटेका स्थानीय तथा व्यवसायीहरु सुरक्षित स्थानतर्फ आफ्नो सामान सार्दै।
बाढीले घर गोठ बगाएका हेलम्बु, चनौटेका स्थानीयवासी भैँसीलाई सुरक्षित स्थानतर्फ लैजाँदै।
बाढीले आफ्नो घर खेत बगाएपछि खोलाको डिलमा दिक्क मानेर बसेका हेलम्बु चनौटेका वृद्ध ।
पहिरो र बाढीले प्रभावित सिन्धुपाल्चोक जिल्लाको मेलम्ची–हेलम्बु जोड्ने मोटर बाटामा निर्माण गरिँदै ।