• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

गुणस्तरहीन कागज नै आपूर्ति गरेको पुष्टि भए कारवाही गर्ने जनक शिक्षाको स्पष्टोक्ति 

  • OVN
  • January 13, 2023
गुणस्तरहीन कागज नै आपूर्ति गरेको पुष्टि भए कारवाही गर्ने जनक शिक्षाको स्पष्टोक्ति 

काठमाडौं । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले फिर्ता गरेको कागज नै आपूर्ति भएको पुष्टि भए कारवाही गर्ने स्पष्ट पारेको छ । 

केन्द्रले आज सूचना निकालेर अस्ति बुधवार केन्द्रले  फिर्ता गरेको  कागज  नै  आपूर्तिकर्ताले पुनः ल्याएको बारेमा छानबिन गरी दोषी भएमा कारबाही गर्ने प्रतिबद्धता जनाएको हो । 

बोलपत्रमार्फत  प्राप्त  हुने  कागजको  नेपाल  गुणस्तर  तथा  नापतौल  विभाग, बालाजुमा  परीक्षण गरिने, तोकिएको गुणस्तर अनुसारको कागज भएमा मात्र प्रयोग गर्ने, नभएमा कागज आपूर्तिकर्तालाई फिर्ता गर्ने काम नियमित प्रक्रिया भएको सूचनामा उल्लेख छ । 

पुस्तक छपाइ गर्न गुणस्तरहीन कागज ल्याएको भन्दै जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले फिर्ता गरेको कागज सप्लायर्स कम्पनीले पुनः जनक शिक्षामै ल्याएपछि प्रहरीले चार ट्रक कागज नियन्त्रणमा लिएको थियो । 

फिर्ता भएको कागज केन्द्रका पदाधिकारीको मिलेमतोमै पुनः केन्द्रमा आएको खबर सार्वजनिक भएको थियो । यसबारेमा हिजो शिक्षा मन्त्रालयको सहसचिवको टोलीसहित भक्तपुरको मध्यपुरथिमि नगरपालिकाले केन्द्रको अनुगमन गरेर चासो समेत लिएको छ ।

केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले केन्द्रमा आएको चार ट्रक कागजको गुणस्तर परीक्षण गर्न बाँकी रहेको र यसबारेमा मन्त्रालयसहितलाई छानबिन गर्न आग्रह गर्नुभएको थियो । 
 

Comments