कास्की । गण्डकी प्रदेशसभाको उपसभामुखमा बिना थापा निर्वाचित हुनुभएको छ ।
नेकपा एमालेबाट प्रदेशसभा सदस्य निर्वाचित थापाले ३२ मत ल्याएर निर्वाचित हुँदा काँग्रेस उम्मेदवार पार्वती तामाङले २६ मत पाउनुभयो । थापालाई सत्तारुढ गठबन्धनका सांसदहरूको समर्थन थियो ।
थापाले एमालेका २२, माओवादीका ७, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङेको १ गरी ३२ मत पाउनुभएको छ । काँग्रेस सांसद तामाङले भने आफ्नो पार्टीका २६ सांसदको मत पाउनुभएको हो ।
गण्डकी प्रदेशसभाको सभामुखमा ३० पुसमा माओवादी केन्द्रका सांसद कृष्ण धिताल निर्वाचित हुनुभएको थियो ।