• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले पर्सि विश्वासको मत लिने

  • OVN
  • January 11, 2023
गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले पर्सि विश्वासको मत लिने

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पर्सि विश्वासको मत लिनुहुने भएको छ । 

हिजो बसेको मन्त्रिपरिषद् बैठकले भोलि विश्वासको मत लिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहनुभएका बिनाविभागीय मन्त्री हरिबहादुर चुमानले जानकारी दिनुभयो । सरकारले सकेसम्म छिट्टै नै विश्वासको मत लिई मन्त्रिपरिषद् विस्तार गर्ने उहाँको भनाइ छ । 

मुख्यमन्त्री अधिकारीले अस्ति प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष ३३ जना प्रदेश सभा सदस्यहरूको समर्थनमा दाबी पेस गर्नुभएको हो । 
 

Comments