• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

गुल्मीमा भारतीय नागरिकको हत्या आरोपमा एक दम्पती पक्राउ 

  • OVN
  • February 04, 2023
गुल्मीमा भारतीय नागरिकको हत्या आरोपमा एक दम्पती पक्राउ 

गुल्मी । गुल्मीमा भारतीय नागरिकको हत्या गरेको आरोपमा एक दम्पती पक्राउ परेका छन् । 

भारत बिहारका ४४ वर्षका शेख आलिनाम हत्याको अभियोगमा सत्यवती गाउँपालिका–१ का छविलाल अधिकारी र उहाँकी श्रीमती विष्णुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीले आज पत्रकार सम्म्ेलन गरी अधिकारी दम्पतीलाई सार्वजनिक गरेको छ । गत १९ गते भारतीय नागरिक आलिनामको शव स्याङ्जा र गुल्मीको सिमाना कालीगण्डकी नदीको किनारमा फेला परेको थियो । 

टाउको तथा निधारको भागमा गहिरो चोट लागेकाले हत्या भएको आशङ्कामा प्रहरीले अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानका क्रममा  माघ १२मा अधिकारी दम्पतीले आलिनामको हत्या गरेको खुलेको थियो । 

गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुन रानाभाटका अनुसार उनीहरु दुबैले हत्या गरेको स्वीकार गरेका छन् । उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान गर्न भोलि जिल्ला अदालत गुल्मीसँग अनुमति लिने प्रहरीको तयारी छ ।
 

Comments