काठमाडौं । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले गृहमन्त्रीको निर्देशन प्रहरीले मान्न छाडेको हो ? भन्दै प्रश्न गर्नुभएको छ ।
गृह मन्त्रालयले फौजदारी मुद्दामा अभियुक्त प्रतिनिधि सभा सदस्य लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न हिजो विज्ञप्ति जारी गरेकामा आपत्ति जनाउँदै उहाँले गृह मन्त्रीको मौखिक निर्देशन प्रहरीले मान्न छाडेको हो ? भन्दै प्रश्न गर्नुभयो ।
गृहमन्त्रीको केटाकेटीपन देखिएको भन्दै उहाँले भन्नुभयो, गृह मन्त्रीलाई प्रहरी प्रशासनले टेर्न छाडेको हो ? मौखिक निर्देशन दिँदा प्रहरीले नटेरेको हो ? प्रतिनिधि सभा बैठकमा समय लिएर बोल्दै खतिवडाले गृह मन्त्रीले सुरक्षा निकायलाई दिएको निर्देशन सार्वजनिक गर्न नहुने पनि बताउनुभयो ।
सांसद खतिवडाले गृहमन्त्री मिडियामा हौवा फैलाएर हिरो हुन खोजेको आरोप लगाउनुभयो ।