• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

गृहमन्त्री खाँणद्वारा बाढीपहिरा प्रभावित मनाङको अनुगमन

  • OVN
  • October 07, 2021
गृहमन्त्री खाँणद्वारा बाढीपहिरा प्रभावित मनाङको अनुगमन

मनाङ- गृहमन्त्री बालकृष्ण खाँणले जिल्लास्थित बाढीपहिराले क्षति पु¥याएको  क्षेत्रको आज अनुगनमन तथा निरीक्षण  गर्नुभयो । उहाँलाई प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले गत असारमा अकल्पनीय रुपमा गएको बाढीले जिल्लामा  क्षति पु¥याएको संरचना तथा पुन निर्माणका बारेमा जानकारी गरानुभएको थियो । सोही अवसरमा गृहमन्त्री खाँणले जिल्लास्थित सुरक्षा निकाय तथा कार्यालय प्रमुखसँग भेटघाट गरी सेवा प्रवाहलई थप चुस्त बनाउन निर्देशन दिनुभएको थियो ।  बाढीले सबैभन्दा बढी ताल गाउँमा  क्षति पु¥याएको थियो । 

सो अवसरमा पूर्व श्रम राज्य मन्त्री टेकबहादुर गुरुङले बाढी पहिरो प्रभावित जनताको जीविकोपार्जन तथा  ती क्षेत्रको पुननिर्माण गर्न सरकारसँग आग्रह गर्नुभयो । 
-रासस

Comments