• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

गृह मन्त्रालयका कारण सत्ता गठबन्धनमा उत्पन्न भएको विवाद समाधान हुन्छः प्रचण्ड

  • OVN
  • February 04, 2023
गृह मन्त्रालयका कारण सत्ता गठबन्धनमा उत्पन्न भएको विवाद समाधान हुन्छः प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह मन्त्रालयका कारण सत्ता गठबन्धनमा उत्पन्न भएको विवाद समाधान हुने बताउनुभएको छ । 

आज माओवादी केन्द्रको स्थायी समितिको बैठकपछि पार्टी कार्यालय पेरिसडाँडामा पत्रकारले सोधेको प्रश्नको जवाफमा उहाँले गृहमन्त्री बारेमा सत्ता गठबन्धनमा देखिएको विवाद छिटै समाधान हुने बताउनुभयो । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई पुन गृह मन्त्रालय दिन माग गरिरहनुभएको छ । तर प्रधानमन्त्री प्रचण्डले रविलाई तत्काल गृह मन्त्रालय दिन मानिरहनुभएको छैन । 

यही कारण सत्ता गठबन्धनभित्र विवाद बढेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय आफूलाई नदिए सरकारबाट बाहिरिने चेतावनी दिएको छ । 
 

Comments