• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

गेडागुडीमा जडिबुटी मिसाएर खाँदा एकको मृत्यु, तीन बिरामी

  • OVN
  • January 22, 2023
गेडागुडीमा जडिबुटी मिसाएर खाँदा एकको मृत्यु, तीन बिरामी

जुम्ला। जुम्लाको चन्दननाथ नगरपालिका ८ रोकायाबाडामा गेडागुडीमा जडिबुटी मिसाएर खाँदा १ जनाको मृत्यु भएको छ । 

तीन जनाको विरामी भएका छन् । मृत्यु हुनेमा बर्ष ३५ को दिपक रोकाया रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार बर्ष ३८ को तिल रोकाया, २८ बर्षका टंक रोकाया र ३० बर्षका पारस धराला रहेका छन् । 

बिरामी मध्ये तिल रोकाया घर धनी रहेको अरू सबै उहाँको घर बनाउन लागेका मिस्री रहेको प्रहरीले जनाएको छ । गेडागुडी खाईसकेपछि सबै जना एक्कासी बेहोस भएका थिए ।

कर्णाली स्वस्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगेको स्थानीय भैरबहादुर धरालाले बताउनुभयो । मृतक बाहेक अन्य तीन जना होसमा आईसकेका छन् । तीन जनाको आइसियुमा उपचार भईरहेको डीएसपी नरेन्द्र चन्दले जानकारी दिनुभयो । 

Comments