• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

फुसको छानो प्रतिस्थापन गर्ने सरकारको लक्ष्य पूरा हुन अझै समय लाग्ने

  • OVN
  • January 26, 2023
फुसको छानो प्रतिस्थापन गर्ने सरकारको लक्ष्य पूरा हुन अझै समय लाग्ने

काठमाडौं ।  देशभरबाट फुसको छानो प्रतिस्थापन गर्ने सरकारको लक्ष्य पूरा हुन अझै समय लाग्ने देखिएको छ । 

आर्थिक वर्ष २०७५–७६ देखि फुसको छानो प्रतिस्थापन गर्ने लक्ष्य राखेर सरकारले काम गरिरहेको भएपनि पूरा हुन अझै समय लाग्ने देखिएको हो । शहरी विकास मन्त्रालयका अनुसार अहिलेसम्म २ लाख १० हजार घरधुरी पहिचान गरेकोमा १ लाख ४५ हजार परिवारसँग मात्रै सम्झौता भएको छ । 

जसमध्ये ४७ हजार घरको फुसको छानो प्रतिस्थापन भइसकेको छ । बाँकीसँग सम्झौता गर्नको लागि बजेट नै नभएकाले लक्ष्य पूरा हुन अझै समय लाग्ने मन्त्रालयका प्रवक्ता प्रदीप परियारले बताउनुभयो । सरकारले शशर्त अनुदानको रूपमा स्थानीय तहलाई बजेट दिएर फुसको छानो हटाउने काम गरिरहेको हो । 
 

Comments