काठमाडौं । नेपाल फार्मेसी परिषद्को २१ औ नाम दर्ता परीक्षाको लागी आवेदन फारम आजबाट खुल्ने भएको छ ।
आवेदन माघ १५ गते बेलुका ५ बजेसम्मलाई खोलिएको फार्मेसी परिषद्ले जनाएको छ । आवेदन फारम अनलाई माफृत पनि भर्न सकिनेछ ।
आवेदन फारममा माग गरे बमोजिम सम्पुर्ण कागजातहरू दस्तुर, नागरिकताको प्रमाणपत्र, प्रवेशिकादेखि हालसम्मको शेक्षिक यौग्यताको सम्पुर्ण प्रमाणपत्र नोटरी पब्लिकद्धारा प्रमाणीत गराई संलग्न गराउने पर्नेछ ।
कागजपत्र प्रमाणित नभएको खण्डमा भने फारम रद्द गरिने परिषद्ले जनाएको छ ।